वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेल ९ विकेटले जितेसँगै श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने कुसल परेराले ५५ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले ३९ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले सर्बाधिक ३७ रन बनाए भने गुडाकेश मोतीले ३२ र ब्राण्डन किंगले २३ रन बनाएका थिए ।

योसँगै श्रीलंकाले ३ खेलको सिरिज २-१ ले जितेको छ । सिरिजको पहिलो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ७३ रनले जितेको थियो ।

अब श्रीलंका र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज हुने छ । सिरिजको पहिलो खेल आइतबार हुने तालिका रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *