साफ सेमिफाइनल: नेपाल र भारतको भिडन्त आज

No ads found for this position
No ads found for this position

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै छन्। यस अघि भएको खेलमा भारत पाँचपटकको विजेता र नेपाल पाँचैपटकको उपविजेता भएका थिए ।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ६ बजे सुरु हुनेछ।

साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। अघिल्लो संस्करण घरेलु मैदानमा भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपालका लागि निर्णायक बनेको थियो।

नेपाली टोली यो संस्करण पनि अघिल्लोपटकको नतिजालाई दोहोर्‍याउने योजनामा मैदान उत्रँदै छ। उता भारतीय टोली भने नेपाली टोलीसँग भोगेको हारको बदला लिने दाउमा छ।

सन् २०२२ को साफ च्याम्पियनसिपपछि नेपाल र भारत दुईपटक भेट भएका छन्। ती दुवै भेटमा भारतले नेपाललाई हराउन सकेको छैन। दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *