अमेरिकाको राष्ट्रपति निर्वाचनमा आज भिड्दै ट्रम्प र ह्यारिस
काठमाडौं । अमेरिकामा आज (मंगलबार) राष्ट्रपति निर्वाचन हुँदै छ। निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्।
निर्वाचनको प्रमुख दिन राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तयार छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिने भएका छन् ।
विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारि दिएका छन् । ह्यारिस अश्वेत महिलाका रूपमा हालसम्मकै चर्चित राष्ट्रपतिको उम्मेदवार छिन् ।
यस्तै ट्रम्प पनि बलियो दाबेदारका रूपमा चर्चित छन् । उनिहरु दुईको निर्वाचनको प्रचारप्रसारको घम्साघम्सी र रोचकमय रह्यो ।