नारायणगढ-मुग्लिन सडकमा हायस र बस ठोक्किँदा ५ को मृत्यु

No ads found for this position
No ads found for this position

चितवन । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका पाँच जनाकाो मृत्यु भएको छ । यस्तै दुर्घटनामा पिर ५ जना घाइते भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान ३ बजे बस र हायस ठोक्किँएर दुर्घटना हुँदा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय