म्याद थपका लागि दुर्गा प्रसाईंलाई लगियो अदालत

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको छ।

साइबर अपराधको कसुरमा मंगलबार भक्तरपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने म्याद थपका लागि अदालतमा पेस गरिएको हो। उनलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याएको हो।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै प्रचार गरेका थिए । ओलीविरुद्धको यो प्रचार भ्रामक रहेको भनि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउने क्रममा मंगलबार समय लागेकाले उनलाई आज अदालतमा पेस गरिएको हो ।

सीआईबीले प्रसाईंलाई पक्राउपछि नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा राखेको छ । प्रसाईंमाथि सुरुमा साइबर अपराधमा अनुसन्धान हुनेछ ।

प्रसाईं यसअघि एक महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *