दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

No ads found for this position
No ads found for this position

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ५ दिनको म्याद थप गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका  प्रसाईंलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

साइबर अपराधको कसुरमा मंगलबार भक्तरपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने म्याद थपका लागि अदालतमा पेस गरिएको थियोे ।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै प्रचार गरेका थिए । ओलीविरुद्धको यो प्रचार भ्रामक रहेको भनि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *