आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ६४ हजार
No ads found for this position
No ads found for this position
काठमाडौं । आज पनि बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया