डलरको भाउ घट्यो, युरो र पाउण्डमा भारी गिरावट
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ ।
आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा यसको खरिदबिक्र भएको थियो ।
आइतबार युरोपियन युरो को भाउमा ओरालो लागेको छ । आज युरो एक रुपैयाँ ५३ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको छ । शुक्रबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
आइतबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ७६ पैसाले घटेको हो । यसअघि शुक्रबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम थियो ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर ३७ पैसाले घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।