आतंकवादी आरोपपछि टर्कीले २ मेयरलाई हटायो

No ads found for this position
No ads found for this position

काठमाडौं । टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरहरूलाई प्रतिस्थापन गरेको छ ।

टर्कीको आन्तरिक मन्त्रालयकाअनुसार टुन्सेली शहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर मुस्तफा सारिगुललाई आतंकवादी संगठनको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएपछि पदबाट हटाइएको हो ।

पिपल्स इक्वालिटी एण्ड डेमोक्रेसी (डीईएम) पार्टीका तर्फबाट सेभदेत कोनाक र रिपब्लिकन पिपुल्स पार्टीबाट मुस्तफा सारिगुल मार्चमा भएको स्थानीय चुनावमा निर्वाचित भएका थिए ।

उनीहरुको स्थानमा टुन्सेली प्रान्तीय गभर्नर बुलेन्ट टेकबियिकोग्लुलाई टुन्सेली शहरको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ भने ओभाकिकका जिल्ला गभर्नर हुसेन सामिल सोजेनलाई ओभाकिकको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय