यू-१९ एसिया कप क्रिकेट खेल्ने १५ सदस्यीय टोली घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली घोषणा गरिएको छ। क्यानले आइतबार बिहान हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन्। यस्तै टोलीमा युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन्। टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

यू-१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ। नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *