यस्तो छ बजारमा आज तरकारी तथा फलफुलको मूल्य

No ads found for this position
No ads found for this position
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ ।

यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काक्रो १२०, भारतीय मेवा ९० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ८० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ९०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ५० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय