सुनको मूल्य एकैदिन १५ हजार ९ सयले घट्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *