प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा ऋण लिनु हुँदैन : देउवा
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारे । उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।
उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’
सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।
प्रतिक्रिया