बीआरआई परियोजनाको लोन लिन नहुने कांग्रेसको अडानप्रति झलनाथको आपत्ति

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बए । उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उनले भने, ‘अब यो बीआरआईको जुन कुरा छ । यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा अहिले विकास गर्दै गर्दै झण्डै झन्डै अहिले ग्लोबल अवधारण बनिसक्यो । ग्लोवल प्रोजेक्ट जस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ । ३ हजार करिव सम्झौताहरु बनिसकेका छन् । र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ ।’

यस्तै उनले चीन र बीआरआई मुलुकहरुबीचको व्यापार मात्रै छ ट्रिलियन डलर भन्दा बढिको व्यापार हुन थालेको भताए।

उनले भने, ‘अब यो प्रोजेक्ट चिनिया प्रोजेक्ट मात्रै भएन, यो एउटा ग्लोवल प्रोजेक्ट हो । संसारमा १९३ वटा मुलुक छन । १५३ मुलुकले यसमा सम्झौता गरिसकेका छन् । अब करिव ४० मुलुकमा त बाँकि रहे । दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ । फाईदाजनक रहेछ, लाभकारी रहेछ । त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहीँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौ, त्यो नेगोशिएशनमा भर पर्छ । कुन चाहीँ प्रोजेक्टमा हामीले लोन लिनसक्छौं, नेगोशिएशनमाथि भरपर्छ । कुन चाँही प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौ, नेगोशिएशनमाथि भर पर्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *