यस्तो छ ४१ स्थानीय तहको मतपरिणाम : कसले कति जिते ?

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्बजनिक गरेको छ । यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ।

माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ।

सत्ताको नेतृत्वकर्ता नेकपा -एमाले) भने एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन्।

कांग्रेस विजयी- १७

कृष्णमान डङ्गोल- कीर्तिपुर नगरपालिकाको प्रमुख
नगेन्द्र लिम्बू- लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु- गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक- ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम- राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन- कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ- कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी- हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ- गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर- रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु- ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह- कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री- सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा- सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा- पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर- दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द- भीमदत्त नगरपालिका-६ कञ्चनपुर

माओवादी केन्द्र विजयी- १०

देवकी तिमिल्सिना- हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष
भरत घिमिरे- उदयपुरको बेलका नगरपालिका–९ वडाध्यक्ष
नवीनकुमार बान्तवा राई- त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट- धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे- ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर- गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती- पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी- ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने- नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री- त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

एमालेबाट निर्वाचित- ८

उमा लुङ्गेली मगर शेर्पा- दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष
कुमारी सावादेन- सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ- मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ- रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान- शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही- दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही- महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी- स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

जसपा नेपाल विजयी- २

धीरेन्द्रकुमार साह- डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव- डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी विजयी -१

रोजिना श्रेष्ठ- काठमाडौं-१६

एकीकृत समाजवादी विजयी -१

बजरंगीप्रसाद यादव- गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा विजयी-१

खड्गराज शाही- तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र विजयी-१

लक्ष्मीप्रसाद ओली- कन्काई नगरपालिका-६ झापा



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *