रास्वपा समर्थक र प्रहरीबीच मुठभेड हुँदा चितवनमा २० प्रहरी घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । चितवन जिल्ला प्रहरी कार्यलय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल गर्दा अहिले तनावग्रस्त भएको छ ।

रास्वपा समर्थकले प्रहरीबीलाई ढुंगा हान्दा मुठभेडले चितवन तनावग्रस्त भएको हो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको प्रहरीले दावी गरेको छ ।

सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथै पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन् । तर यसको यकिन विवरण आएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *