निर्माणाधीन फास्ट ट्रयाकमा दुर्घटना, चालकको टिपरले च्यापिएर मृत्यु
No ads found for this position
No ads found for this position
हेटौँडा । निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक मंगलबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृतक चालक चितवन घर भएका करिब ४०/४२ वर्षीय सानु लो तामाङ रहेका छन्।
मकवानपुर प्रहरीका अनुसार ना ८ ख २४३० नम्बरको टिपर हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरेर जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २५/३० मिटर तल खोल्सामा खसेको थियो।
चालकको सोही टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया