चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद्ः झलनाथ खनाल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेकोमा खुशी प्रकट गरेका छन् ।

चीन भ्रमण सेकर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उ

उनले भने, ‘नेपाल र चीन बीचको सम्बन्ध र यो बिआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ ? संसारमा १५३ मुलुकहरुले बिआरआई प्रोजेक्ट लिइसके, तर नेपालल यत्रो सात सात वर्षसम्म किन नलिएको भन्ने प्रश्न जुनसुकै पत्रकारहरुको पनि प्रश्न थियो । मैले यसबारेमा अध्ययन गर्दैछौँ, हामी लिन चाहन्छौँ, बिआरआईप्रति हाम्रो सकारात्मक धारणा छ भन्नेकुरा दृढतापूर्वक राखेँ । बढी फोकसको विषय बनेको थियो । ’

यस्तै उनले चिनियाँ जनताले र चीनका सार्वजनिक उद्यमीहरुले मिलेर अन्तर्राष्ट्रिय विश्व विद्यालय स्थापना गर्ने सोच गरेको बताए ।

उनले भने, ‘त्यो अन्तर्राष्ट्रिय विश्व विद्यालयको नाम वल्र्ड युनिभर्सिटी फर पिस एण्ड डेभलपमेण्ट स्थापना गर्ने कुरा भएको छ । त्यसमा विभिन्न देशका पूर्वप्रधानमन्त्री राख्ने कुरा भएको रहेछ, नेपालबाट मलाई प्रश्ताव गर्नुभएको छ । त्यो विश्वविद्यालयको अनरेडी चियरम्यानको लागि । मैले हुन्छ भनेको छु । यो बिआरआईको बारेमा अब सम्झौता त भयो, तर अनौठो कुरा त्यहाँ घुम्दाघुम्दै कस्तो लाग्यो भने अब बिआरआईको बारेमा गर्नुपर्छ भनेर धेरै इन्टरभ्युमा भनेँ । तर अन्तिममा नहुने भएछ । एउटा ड्राफ्ट गरियो त्यो फिर्ता भयो, अर्को ड्राफ्ट गरियो त्यो फिर्ता भयो । अनि नहुने भयो भनेर संयुक्त विज्ञप्ति समेत निस्कियो । अन्तिममा फेरि केके कुराहरु हुँदै गयो, अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो ? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने ? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने का हो । छिमेकीसँग यो प्रकारको लापरवाही गरेर गर्नु हुँदैन थियो । तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बिआरआई सम्झौता भएको छ । त्यो राम्रो कुरा हो । मैले खुशी प्रकट गर्नुपर्छ ।’

नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताउए । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *