एमाले राजनीति गर्न बनेको पार्टी होइन: प्रधानमन्त्री ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको पार्टी भएको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गरे ।

उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान लगाउन जनाले पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *