गाडीले किचेर सर्लाहीमा प्रहरी निरीक्षकको मृत्यु
No ads found for this position
No ads found for this position
काठमाडौं । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो।
उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया