गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन: प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गरेका छन् ।

भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी,ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताए ।

एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रहसमेत गरेका छन ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन्, चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो, विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ र हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नु पर्छ, वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ, लोकतन्त्रका नाममा पार्टी भित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *