अमेरिकामा डढेलो: १३ हजार भवन खतरामा, ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन
No ads found for this position
No ads found for this position
क्यालिफोर्निया । अमेरिकाको लस एन्जलसमा १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ।
अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार १३ हजार भवन खतरामा छन् भने ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ।
लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन्। एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट आगलागी सुरु भएको छ।
विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ। ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो।
प्रतिक्रिया