गठबन्धन सरकारलाई प्रभावकारी ढंगले अगाडि बढाउन कांग्रेसको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानएका छन् ।

बिहीवार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।

नेपाली कांग्रेसले गठबन्धन सरकारलाई कसरी प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाउन छलफल गरेको छ। बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकमा कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे ब्रिफिङ गरिरहेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए।

उनले भने,‘कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक चलिरहेको छ। कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको उपस्थिति छ। कांग्रेसले सम्हालेको मन्त्रालयले सम्हालेको मन्त्रालयको जानकारी गराइरहनुभएको छ। मन्त्रीले आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे ब्रिफिङ गरिरहनु भएको छ। अहिले ३ जना मन्त्रीले आफ्नो मन्त्रालयको विषय बारेमा ब्रिफिङ गर्नुभयो। अन्य मन्त्रीले पनि जानकारी गराउनुहुनेछ।’

सभापति शेरबहादुर देउवाले जनताले धेरै आशा गरेकाले प्रभावकारी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको मन्त्री चौधरीले जानकारी दिए। उनले भने,‘सभापतिले दुईतिहाइ हाराहारीको सरकारबाट जनताले धेरै नै आशा गरेका छन् । यसैले प्रभावकारी भएर काम गर्नुस् भनेर सुझाव दिनुभएको छ।’

चौधरीले कांग्रेसले लिएका मन्त्रालयमार्फत जनतालाई डेलिभरी दिने गरी काम गर्न शीर्ष नेता निर्देशन पनि दिएको बताए। उनले महामन्त्रीले अध्यादेशको विषय पनि बैठकमा जानकारी गराएको बताए। उनले सहमतिमा अध्यादेश आएकाले विस्तृत छलफल नभएको उल्लेख गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय