भारतीय चर्चित गायक राघवले सोल्टीमा नेपालीलाई लाइभ नचाउँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतीय चर्चित गीत ‘तेरी बातोमे ऐसा उल्झा जिया’ का गायक राघव माथुर नेपालमा आफ्नो प्रस्तुति दिन आउने भएका छन् ।

राघवले आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघबले आफ्नो प्रस्तुति दिनेछन् ।

उनले गाएका ‘तेरी बातोमे ऐशा उल्झा जिया’ र ‘डेस पार्डो’ लगायतका गीत चर्चित रहेका छन् ।

नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट ईसेवाबाट काट्न सकिन्छ । टिकटको मूल्य २५ सय रहेको छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *