सहकारी प्रकरणमा कांग्रेसले भ्रातृ संस्थालाई आजबाट सडकमा उतार्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ स‌ंस्था नेपाल तरूण दल र नेपाल महिला संघले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि दबाब दिन सडकमा उत्रने निर्णय गरेका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरि सदनमा अवरुद्ध गरिरहेको छ।

यसैबीच मंगलबार नेपाल महिला संघ र बुधबार नेपाल तरूण दलले काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन्।

नेपाल महिला संघले आज दिउँसो १:३० बजे शान्तिबाटिका रत्नपार्कमा विरोध र्‍याली हुनेछ। महिला संघले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग गरेको छ।

यस्तै तरूण दलले काठमाडौंको बत्तिसपुतलीमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सहकारी पीडितका पक्षमा आन्दोलन गर्ने निर्णय गरेको हो।

उक्त बैठकपछि अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै सहकारी पीडित जनताका पक्षमा आन्दोलन सुरू गर्ने निर्णय भएको उल्लेख गरेका छन्।

‘जेठ २ गते मध्याह्न काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्‍याली गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष गुरूङले भनेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *