कांग्रेससँग रास्वपाको ३ बुँदे समझदारी, तर कांग्रेस पछि हटेको आरोप
काठमाडौं- संसद्को गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समझदारी भएको तर कांग्रेसले पालना नगरेको खुलेको छ।
कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच टसकोमस नहुँदा संसद् अनिर्णयको बन्दी बनिरहेको छ । यस्तो अवस्थामा दुई पार्टीबीच समझदारी पनि भएको खुलेको छ । रास्वपा नेता शिशिर खनालले कांग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर समझदारी भएको तर कांग्रेस पालना नगरेको बताएका छन्।
सामाजि संजाल मार्फत उनले भनेका छन् ‘लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउनपर्छ हाम्रो न्यूनतम अडान हो । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो। हिजो बिहान नेपाल कांग्रेस का तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा मोटो समझदारी बनेको थियो। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगो को बाटोमा गयो।’
सामाजिक संजालमा कांग्रेससँग भएको सहमति यस्तो भएको उनले बताएका छन्
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।
२.विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने।
३ .अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।