संसदीय छानबिन समिति बनाउनुपर्नेमा ५ विपक्षी दलहरु एकमत

No ads found for this position
No ads found for this position

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकजुट भएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका थिए ।

बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थिए । नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो ।

तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ । अब संसदीय समिति बनाउनुर्पेमा विपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय