उपचारका लागि प्रधानमन्त्री अस्पतालमा, कांग्रेस सङ्गको छलफल स्थगित

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल गएपछि नेपाली कांग्रेस सङ्ग हुने भनिएको छलफल स्थगित भएको छ ।

प्रचण्ड दाँतको चेकजाँचका लागि वीर अस्पताल गएका छन् ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । त्यसैको फलोको लागी अस्पताल गएको उनको सचिवालयले बताएको छ  ।

प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका थिए ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।  साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *