छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत, कांग्रेससँग बैठक फेरि बस्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएका छन्।

आज विहान बालुवाटारमा बसेको बैठकमा छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनले यस विषयमा फेरि थप छलफल हुने बताए ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ ।’

आधा घण्टा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए ।

सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय