कांग्रेसको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- जति पटक लिएपनि विश्वासको मत पाउँछु (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तीन चोटी भइसक्यो, अझै कति चोटी विश्वासको मत लिने भनि प्रश्न गरेका छन् ।

पार्टी निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले यही ढंगबाट अघि बढे अझै तीन-चार वटा प्रधानमन्त्री फेरिनसक्ने बताए।

उनले भने- ‘राजनीतिक अस्थिर भइरहेको छ । भोलि के हुन्छ भन्ने कसैले भन्न सक्ने अवस्था छैन। राजनीतिक दलहरुमा को प्रधानमन्त्री हुने भन्नेमै सीमित भइरहेको छ । के को लागि प्रधानमन्त्री बन्ने ? गर्ने के ? प्रचण्डजीलाई सोधे पनि भन्नसक्ने अवस्था छैन। उहाँलाई अहिले अफ्ठ्यारो छ । जेठ ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ । कति चोटी विश्वासको मत लिने ? प्रधानमन्त्री त उहाँ नै हुनुहुन्छ । तीन चोटी भइसक्यो । अझै यही तरिकाले अगाडि बढे तीन-चार वटा सरकार फेरिन्छ। त्यसैले हामीले राजनीतिक स्थात्यिव दिन सक्नुपर्छ।’

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जति पटक विश्वासको मत लिनुपरे पनि विश्वासको मत प्राप्त हुने बताएका छन् । उनले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गरे ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए ।

प्रचण्डले भने- ‘जेठ ७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतका लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई इंकित गर्दै थपे- ‘यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो । अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो की जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको लागि धेरै टेन्सन लिनुनपर्ने बताए ।

उनले भने- ‘मत कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुबिधामा छैन, तपाईंहरू पनि दुबिधामा पर्नु पर्दैन ।’

ब्यटलको भिडियोमा हेर्नुस्-

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *