सहकारी ठगलाई कांग्रेसले छाड्दैन : अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं- सहकारी ठगी प्रकरणमा न्याय दिन र ठगलाई कारबाही गर्न माग सहित नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको सहकारी ठगीविरुद्ध खुला सभामा नेपाल तरुण दलले आफ्नो विशेष उपस्थिति जनाएको छ ।

कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा सहकारी ठगीविरुद्ध खुला सभा गरेको हो ।

तरुण दलले शान्तिबाटिका, रत्नपार्कबाट विशेष प्रदर्शन गरेको थियो । शान्तिबाटिकाबाट सुरु भएको तरुणहरूको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै खुला सभास्थल हुँदै  प्रदर्शनीमार्गमा आइपुगेको थियो ।

र्‍यालीको नेतृत्व तरुण दलका अध्यक्ष विद्वान गुरुङ आफैले गरेका थिए । गुरुङसँग पूर्वअध्यक्ष उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *