चितवनको एमाले अध्यक्षमा कमलराज पाठक विजयी
No ads found for this position
No ads found for this position
चितवन- नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ६०६ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी घनश्याम कँडेलले ९३ मत प्राप्त गरेका थिए ।
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल ७२९ मत खसेको थियो ।
अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी ७३२ र मनोनित २९ गरी जम्मा ७६१ प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया