बरिष्ठ हाँस्य कलाकार केसी सम्मानित

No ads found for this position
No ads found for this position

काठमाडौं-पिआर ईनटरटेन्मेन्ट द्वारा निर्माण गरिएको ‘दाग’म्यूजिक भिडियो विमोचन भएको छ।

सोमबार काठमाडौमा एक समारोहबीच कायक्रमकी प्रमुख अतिथी प्रतिनिधि सभाका उप– सभामुख माननिय ईन्दिरा राना मगरले म्युजिक भिडियोको विमोचन गरेकी हुन्। भिडियोको विमोचन गरिएको उक्त कार्यक्रममा श्रष्टा तथा कलाकारहरुलाई समेत सम्मान गरिएको छ।

ब्राण यू पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानको तर्फबाट तार्केश्वर सम्मान २०८० बाट मोडल÷नृत्य निर्देशक प्रदिप कुमार रसाईली ,गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई सम्मान गरिएको हो।

सोही समारोहमा पिआर सम्मानमा बाट पि आर ईन्टरटेन्मेन्टका संरक्षक दीलकुमारी रसाईली,वरिष्ठपत्रकार गीता अधिकारी ,विशिष्ठ कलाकारहरुमा रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदिप रसाईली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेलका साथमा कलाकारहरुमा समिता गिरी,सरोज गिरी,राजकुमार शाह,सुमिना कार्की,डुपचन लामा श्रृगार संकर बराल,सम्पादन –करलरिष्ट अमृत चापागाई लगायतलाई उपसभामुखले सम्मान गरेकी छन्।

चेलीवेटी वेचविखन रोकथामका लागि निर्माण गरिएको भिडियो हेरेपछि उपसभामुख मगरले चेलीवेटी वेचविखनमा कमी आउने बताईन्। उनले चेतनामुलक यो म्यूजिक भिडियोले एउटा सन्देश दिएको भन्दै सरकारले बनाउनु पर्ने यस्ता कामलाई कलाकारहरुले गरेकोमा बधाई तथा शुभकामना दिइन्।

उक्त कार्यक्रमा वरिष्ठ कलाकार उत्तम केसीले स्वागत मन्तव्य राखेका थिए भने चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले सन्देश मुलक भिडियो हेरिसकेपछि सफलताको शुभकामना दिएका थिए।

निर्देशक प्रदिप कुमार रसाईले उपस्थित सबैलाई धन्यवाद दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *