नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी

No ads found for this position
No ads found for this position

काठमाडौँ -जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ । पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक पाएको स्कटल्याण्ड समुह बि मा २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ ।

अब स्कटल्याण्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *