संखुवासभामा पहिरोले ३ घर बगायो, १ जना घाइते

No ads found for this position
No ads found for this position

संखुवासभा- गएराति आएको अबिरल वर्षा र त्यासपछिको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा ३ घर बगाएको छ भने १ जना घाइते भएका छन् ।

पहिरोले स्थानिय दीलबहादुर राई, मणिप्रसाद राई र रामप्रसाद राई को घर बगाएको प्रहरीले जानाएको छ । यस्तै पहिरोमा परि मणिप्रसाद राई घाइते भएका छन् ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *