फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु, ३ जनाको अवस्था गम्भीर

No ads found for this position
No ads found for this position

चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका-५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे. १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *