संघीय संसद भवनको शौचालयभित्र प्रहरी जवानले आफैलाई गोली हाने
No ads found for this position
No ads found for this position
काठमाडौं । संघीय संसद भवनमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।
बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजित गोलेले शौचालय छिरेर गोली हानेका थिए ।
प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए ।
प्रतिक्रिया