माओवादी खाओवादी भए, प्रचण्डले गृहमन्त्री हटाउनुस् कि आफैं हट्नुस्: तरुण दल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि विश्वास नभएकाले पदबाट तुरुन्त हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग माग गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण विरुद्ध आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गुरुङले भने, गृहमन्त्रीमाथि हामीलाई विश्वास छैन । हाम्रो पार्टीका साथीहरुको काँधमाथि बन्दुक राखी माओवादीले पड्काउने काम गरेको छ । म सुरक्षा निकायलाई पनि भन्न चाहन्छु, गृहमन्त्रीको आदेश तपाईंहरु नहुनुहोला ।’

उनले गृहमन्त्रीमाथि आफ्नो व्यक्तिगत रिसबी नभएको तर घटनाक्रमले यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना भएको दावि गरे।

उनले भने, ‘अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।’

यस्तै उनले अब यस्ता हमला टुलुटुलु हेरेर नबस्ने बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्त बर्खास्त गर्नुस् नभए तपाईं आँफै हट्नुस् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *