धनगढीवासीले अब निःशुल्क रगत पाउने

No ads found for this position
No ads found for this position

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले  तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर धनगढीमा बिरामीका लागि रगतको अभाव खड्किँँदै गएको थियो । उपमहानगर र रेडक्रस शाखा धनगढीबीच गरिएको उक्त सम्झौताले समय–सयममा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पुर्याउने छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *