धादिङमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो, ७ जना घाइते

No ads found for this position
No ads found for this position
काठमाडौँ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

माइक्रो बसमाथि रुख खसेपछि अवरुद्ध भएको सडक भने खुलिसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *