काठमाडौंमा भ्वाङ परेको सडकमा फस्दा दरबारमार्गमा कार्यरत इन्स्पेक्टर बुढाथोकी घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंको दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको छ। उक्त भ्वाङमा परि दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका हुन्। उनको निधार र हातमा चोट लागेको छ।

इन्स्पेक्टर बुढाथोकीलाई उपचारकालागि वीर अस्पतालमा लगिएको थियो। उनको घाउमा टाँका लगाएर अहिले उनि डिस्चार्ज भइसकेका छन्।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको काठमाडौं महानगरले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *