भोलिबाट काठमाडौँमा क्रायोस्फेयर सम्बन्धी २ दिने कार्यशाला हुने

No ads found for this position
No ads found for this position

काठमाडौँ ।क्रायोस्फेरिक सोसाइटी अफ नेपाल (CSN)को आयोजनामा क्रायोस्फेयर सम्बन्धी २ दिने कार्यशाला हुने भएको छ। “हिममण्डल (क्रायोस्फेयर), जलवायु, र समुदायलाई जोड्दै” भन्ने मुख्य शीर्षकमा चल्ने कार्यशालामा जलवायु परिवर्तनका साझा चुनौतीहरूलाई सम्बोधन गर्न यसबाट प्रभावित स्थानीय समुदाय, पर्वतारोही, ट्रेकिङ्ग गाइड, नीति निर्माता र विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य राखिएको छ।

बेलायतस्थित लिड्स विश्वविद्यालय, काठमान्डौ विश्वविद्यालय, र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ICIMOD) को सहयोगमा साउन ३१ र ३२ (१५ र १६ अगस्ट) मा हुन लागेको उक्त कार्यशाला काठमाडौँको बौद्धस्थित होटल तिब्बत इन्टरनेशनलमा आयोजना हुनेछ। क्रायोस्फेयर क्षेत्रको जलवायुजन्य जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिने यस कार्यशालामा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू एकत्रित भई जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न विचार-विमर्श गर्नेछन्। कार्यक्रमलाई नेपाली भाषामा सहज बनाइनेछ ताकि सहभागीहरूले खुला रूपमा अन्तरक्रिया गर्न सकून्। विशेष गरी, पर्वतीय क्षेत्रका पेशागत समूहहरू—जस्तै पर्वतारोही र ट्रेकिङ्ग गाइडहरू—जसले जलवायु परिवर्तनको प्रत्यक्ष अनुभव गर्छन् र यसबाट सबभन्दा बढी प्रभावित हुन्छन्, तिनको अनुभव र सुझावलाई प्राथमिकता दिइनेछ।

CSN ले नेपालको हिमालयन क्षेत्रमा केन्द्रित गर्दै हिन्दकुश हिमालय (HKH) क्षेत्रको सन्दर्भमा यस्तै प्रकारका कार्यक्रम र अनुसन्धानहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसले जलवायु परिवर्तनका प्रभावहरूको वैज्ञानिक अध्ययनमा मद्दत पुर्याउनेछ र त्यसको आधारमा स्थानीय समुदायलाई सक्षम र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *