निर्माता उमेश खड्काको चलचित्र ´ निशब्द `को शुभ मुहर्त

No ads found for this position
No ads found for this position

काठमाडौँ । नायिका तथा निर्देशक सुभेच्छा थापाको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ´ निशब्द `को शुभ मुहर्त गरिएको छ ।
सोमबार काठमाडौँको भद्रकाली मन्दिरमा चलचित्रको चलचित्रको शुभमुहुर्त गरिएको हो।
चलचित्रमा तेस्रो लिङ्गी संग सम्बन्धि घटना , विषय बस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन दुई दिन पछि हुने बताएको छ ।
चलचित्रमा शुभेच्छा थापा ,सरोज दाहाल , उमेश खड्का , समीप निरौला , गोमा केसी, रश्मि भट्ट , शुशिला निरौला , कमल बोहोरा, रमेश ढकाल , सबिता खड्का , भगवान भन्डारी ,कल्पना विसि ,संजय मुडभरी ,माया देवि श्रेष्ठ , सहारा खड्का , हुमा गिरी , सागर हुमागाई , चन्द्र बहादुर गुरुङ , बन्दना गुरुङ , अनुप श्रेष्ठ , सुरेश पुडासैनी , प्रनिता तामाङ ,मन महर्जन , गंगा गुरुङ , प्रकृति राणा मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।
राधारमन मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता उमेश खड्का रहेका छन । कार्यकारी निर्देशक सरोज दाहाल रहेका छन् । देव श्रेष्ठको द्वन्द निर्देशन,सौरभ दवाडीको पटकथा , विनोद बरालको सिनेमाटोग्राफी र चन्द गुरूङको मेकअप रहनेछ । शंकर विश्वकर्माको नृत्य निर्देशन रहने चलचित्र ´ निशब्द ` को व्यवस्थापकमा नेत्र बहादुर कार्की रहेका छन् । चलचित्र तिहार पछि रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *