साफ यु-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- साफ यु-२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *