प्रदेशमा प्रहरीका समस्या समाधान गर्न नयाँ कानुन बनाउँदै छौं: गृहमन्त्री लेखक

No ads found for this position
No ads found for this position

जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन बनाउन लागिएको बताएका छन्।

बिहीबार जनकपुरधाम विमानस्थलमा समसामयिक विषयमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसद्‌मा पेस हुने जानकारी दिए।

प्रहरीसम्बन्धी संघीय ऐन संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका काम धमाधम हुने उनको दाबी छ। वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने जिकिर उनले गरे।

उनले राजनितिक स्थिरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसैअनुसार कार्यसम्पादन भइरहेको दाबी उनले गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *