मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध आजैबाट फुकुवा गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- मन्त्रिपरिषद् बैठक आज अपरान्ह ५ बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ।

आजको बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषद्मा लग्न लागेका हुन्।

त्यसअघि बुधबार नै मन्त्री गुरुङले निर्णय गरेर प्रस्ताव तयार पारिसकेका छन्।

आजको मन्त्रिपरिषद् निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ। क्याबिनेट निर्णयपछि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *