साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुँदै छ ।

जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।

प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *