क्रिश्चियन धर्म फैलाउन पैसा बाँड्ने सोरसको लगानी नेपाली मिडियामा

No ads found for this position
No ads found for this position

काठमाडौं- विश्वभर क्रिष्चियानिटी फैलाउन ठुलो लगानी गर्ने विवादास्पद अमेरिकी धनाढ्य जर्ज सोरसको नाम धेरै नेपालीका लागि अपरिचित छ । तर नेपालका मिडियाकर्मी, राजनीतिक दल, सरकार र नागरिक समाजका लागि भने यो नाम नौलो होइन । अमेरिकी खर्ब पति सोरसले विभिन्न संघसंस्थामार्फत् नेपालमा सहयोग गर्ने गरेका छन्, त्यसको पछाडि एउटै कारण हो, धर्म परिवर्तन ।

सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थामार्फत् नेपालमा क्रिष्चियानिटीलाई प्रवर्द्धन गर्ने भन्दै जर्ज सोरसको विरोध हुने गरेको छ । उनकै कारण नेपालका सामाजिक संघसंस्थाहरुमाथि नै सार्वजनिक रूपमा नकारात्मक टिप्पणी हुने गरेको छ । सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिएका ती संघसंस्थाहरुलाई हेर्ने नजर पछिल्लो समय बदलिएको छ, कारण केही प्रायोजित सङ्घसंस्थाका कारण । समाजसेवाको आवरणमा नेपालमा क्रिष्चियानिटी फैलाउने काम गरेको भन्दै कतिपय सङ्घसंस्था र तिनका प्रमुख व्यक्तिहरूमाथि सरकारले कारबाही गरेका दर्जनौँ घटना छन् ।

नेपालमा मूलधारका मिडियाहरूलाई आर्थिक सहयोग गरेर यहाँको सनातनी धर्म र संस्कृतिमाथि धावा बोल्ने काम हुँदै आएको छ । यसको नेतृत्व हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले गर्ने गरेका छन् । नेपालका मूलधारका मिडियामा धेरै लगानी गर्ने जर्ज सोरस फाउन्डेसनले विश्वमै विभिन्न अभियानका लागि मिडियामा धेरै लगानी गर्दै आएको छ ।

नेपालमा सामाजिक संघसंस्थामाथि प्रश्न उठ्न थालेपछि पछिल्लो समय जर्ज सोरसलगायतका व्यक्तिहरूले विभिन्न आइएनजिओहरुका नाममा मिडियामा प्रत्यक्ष र परोक्ष रूपमा लगानी गर्न थालेका छन् ।

नेपालमा मूलधारका मिडियाहरूलाई आर्थिक सहयोग गरेर यहाँको सनातनी धर्म र संस्कृतिमाथि धावा बोल्ने काम हुँदै आएको छ । यसको नेतृत्व हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले गर्ने गरेका छन् । नेपालका मूलधारका मिडियामा धेरै लगानी गर्ने जर्ज सोरस फाउन्डेसनले विश्वमै विभिन्न अभियानका लागि मिडियामा धेरै लगानी गर्दै आएको छ ।

नेपालमा पनि नागरिक अगुवा भनेर चिनिएका उद्यमीले सञ्चालन गरेको मिडियामा विभिन्न परियोजनाका नाममा लगानी गर्दै आएको छ । जर्ज सोरसबाट सञ्चालित द ओपन सोसाइटी नामक आई एनजिओले लामो समयदेखि नेपालको एकता, मौलिक धर्म संस्कृतिविरुद्ध मिडियामार्फत लगानी गरिरहेको छ । यसको नेतृत्व नेपालमा कनकमणि दीक्षितले गर्दै आएका छन् ।

यो परियोजनाअन्तर्गत अन्य केही मिडियाहरूले पनि सहयोग लिने गरेका छन्, तर उनीहरू यसलाई सार्वजनिक रूपमा स्वीकार भने गर्दैनन् । मूलधारका मिडियामा नजानिँदो तरिकाले पेड कन्टेन्ट उत्पादन हुने गरेको छ । पछिल्लो समय उकालोडटकमलाई जर्ज सोरसको संस्थामार्फत् ठुलो सहयोग भएको बताइन्छ । विज्ञापन नलिने भनी सञ्चालनमा रहेको यो मिडियाको आयस्रोत जर्ज सोरस नै भएको चर्चा मिडियाकर्मीहरूबिच हुने गरेको छ । उनकै सहयोगमा यो मिडिया सञ्चालित छ ।

मूलधारका मिडियामा नजानिँदो तरिकाले पेड कन्टेन्ट उत्पादन हुने गरेको छ । पछिल्लो समय उकालोलाई जर्ज सोरसको संस्थामार्फत् ठुलो सहयोग भएको बताइन्छ । विज्ञापन नलिने भनी सञ्चालनमा रहेको यो मिडियाको आयस्रोत जर्ज सोरस नै भएको चर्चा मिडियाकर्मीहरूबिच हुने गरेको छ । उनकै सहयोगमा यो मिडिया सञ्चालित छ ।

सुरुवाति समयमा बुद्ध एयरको लगानि रहेको भनिएको उकालोमा अहिले जर्ज सोरसको सहयोग रहेको छ । सामाजिक उत्तरदायित्व कोष अन्तरगतको लगानि बुद्ध एयरले उकालोमा गरेको चर्चा पत्रकारहरुमा हुन थाले पछि बुद्ध एयरले आफ्नो लगानि नरहेको भनि विज्ञप्ती निकालेको थियो ।

यसमा हिन्दु संस्कृति, रीतिरिवाज गलत भन्ने भाष्य बनाउने प्रयास गरिन्छ । पूर्वीय दर्शन र परम्पराले विभेद गर्छ भन्ने पारेर स्वतन्त्रता क्रिश्चियनमा भन्ने सन्देश कहीँ न कहीँ प्रवाह हुन्छ । यो फाउन्डेसनले एनजिओ, आईएनजिओका साथै अभियन्ताहरू तयार पारेर अहिलेको राजनीतिक नेतृत्वप्रति घृणा फैलाउने र अभियन्ताहरू लोकप्रिय बनाएर सत्तामा लाने र क्रिश्चियानिटीको विस्तारलाई तीव्रता दिने गरी योजनाबद्ध रूपमा काम गरिरहेको यी परियोजनामा संलग्न सञ्चारकर्मी बताउँछन् । अभियन्ता स्थापित गर्ने काम मिडियाले गर्छ । मिडियालाई परियोजनामार्फत पैसा दिइन्छ । मिडियाबाट स्थापित सेलिब्रेटीलाई उपयोग गरिन्छ । यसमा अमेरिकन, युरोपेली सङ्घ (इयु)लगायत पश्चिममा फन्डहरू प्रयोग भइरहेको छ ।

बीबीसीको डरलाग्दो रिपोर्ट

उसो त जबरजस्ती धर्म परिवर्तन गराउन बाध्य पारेर इसाई धर्म फैलाउने अभियानबारे विश्व प्रसिद्ध मिडिया बिबिसीले नै रिपोर्ट प्रकाशन गरेको छ । जनवरी १३, २०२३ मा बिबिसी वर्ल्ड सर्भिसले (क्रिश्चियन मिसिनरिज टार्गेट द बर्थप्लेस अफ बुद्ध इन नेपाल’ शीर्षकमा लामो रिपोर्ट छापेको थियो ।

बिबिसी वर्ल्ड सर्भिसका पत्रकार केभिन किम र रेबेका हेन्स्की नेपाल आएर काठमाडौं र धादिङमा भइरहेको तीव्र ईसाइकरणको अध्ययन गरेका थिए । उनीहरूको अध्ययनमा कोरियाली पास्टर पाङ्ग चाङ–बन् र उनकी पत्नी ली जियोङ्ग–ही दुई दशकदेखि नेपालमा इसाई धर्म प्रवर्द्धनमा सक्रिय छन् ।

अभियन्ता स्थापित गर्ने काम मिडियाले गर्छ । मिडियालाई परियोजनामार्फत पैसा दिइन्छ । मिडियाबाट स्थापित सेलिब्रेटीलाई उपयोग गरिन्छ । यसमा अमेरिकन, युरोपेली सङ्घ (इयु)लगायत पश्चिममा फन्डहरू प्रयोग भइरहेको छ ।

काठमाडौं र धादिङका दुर्गम गाउँमा ७० भन्दा बढी चर्च स्थापना गरिसकेका छन् । इसाई समुदायको पछिल्लो राष्ट्रिय सर्वेक्षणले नेपालमा ७ हजार ८ सय ५८ चर्च रहेको देखाएको रिपोर्टमा उल्लेख छ । कोरियाली दम्पतीकाअनुसार कोरियाली वर्ल्ड मिसन एसोसिएसनले नेपालमा इसाई करणका लागि सयौँ धर्म प्रचारक, मिसनरीहरू परिचालन गरेको छ ।

यो रिपोर्ट प्रकाशित भएपछि संसदमा कोरियाली दम्पतीलाई देश निकाला गर्न आवाज उठेको थियो । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले कोरियन इसाई धर्म प्रचारकहरू आक्रामक ढङ्गले नेपालको हिन्दु र बौद्ध धर्मावलम्वीहरुलाई प्रभावित पारेर धर्म परिवर्तनमा सक्रिय रहेको उल्लेख गर्दै भनेका थिए, ‘सरकारको ध्यान जाओस् । उनीहरूलाई कारबाही होस । देश निकाला गरियोस् ।’

तर कोरियाली दम्पती हाकाहाकी नेपाल धर्म निरपेक्ष राष्ट्र बनेपछि धर्म प्रचारका लागि स्वर्ण युग सुरु भएको बताउँछन् । धर्म परिवर्तन गर्न नपाउने कानुनबारे जानकारी भएपछि आफूहरू नडराउने र जिससले नै पठाएकाले इसाई धर्म फैलाउन नरोकिने उद्घोष पनि उनीहरूले रिपोर्टमै गरेका छन् । यसले नेपाल राज्य कानुन कार्यान्वयन गर्न कति लाचार छ भन्ने देखाउँछ ।

बिबिसीको रिपोर्टअनुसार काठमाडौंमा इसाई धर्म पढाइ हुने सेमिनरी विद्यालय चलाउँछन् । जहाँ विद्यार्थीको खाद्यान्न, बसोबास र पढाइ खर्च निःशुल्क हुन्छ । यहाँ पढ्ने विद्यार्थीलाई आफ्नो गाउँमा गएर युवाहरूलाई इसाई धर्मप्रति आकर्षित गर्ने जिम्मेवारी दिइन्छ । धादिङको सिनगांगस्थित तामाङ गाउँकी २३ वर्षीय सपना तामाङले यसको पुष्टि गरेकी छन् ।

बिबिसीको रिपोर्टअनुसार काठमाडौंमा इसाई धर्म पढाइ हुने सेमिनरी विद्यालय चलाउँछन् । जहाँ विद्यार्थीको खाद्यान्न, बसोबास र पढाइ खर्च निःशुल्क हुन्छ । यहाँ पढ्ने विद्यार्थीलाई आफ्नो गाउँमा गएर युवाहरूलाई इसाई धर्मप्रति आकर्षित गर्ने जिम्मेवारी दिइन्छ । धादिङको सिनगांगस्थित तामाङ गाउँकी २३ वर्षीय सपना तामाङले यसको पुष्टि गरेकी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *