परदेशीको भावना समेटिएको गीत ‘परदेशमा’ सार्वजनिक (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा-मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ सार्वजनिक भएको छ ।

बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकारले जस्ताको त्यस्तै गीत मार्फत व्यक्त गरेका छन्।

खास गरी जीवनको उताराद्धमा आम मानिस जहाँ र जस्तो सुकै अत्याधुनिक जीवनशैली भोगिरहेको भए पनि उसलाई आफ्नो जीवनको युवा र बाल्यकालको सम्झना धेरै आउने कुरालाई गीतकार शाहले ‘परदेशमा’ गीत मार्फत व्यक्त गर्न खोजेको देखिन्छ।

गायक किरण भुजेलको स्वर, दीपकराज बिश्वकर्माको सगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई राइट ट्युन इन्टरटेन्टमेन्ट ले निर्माण गरेको हो । बिशाल थापाको सीनेमाटोग्राफी, फराजअर्पणको सम्पादन रहेको ‘परदेशमा’ भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

गीतकार शाहका यसअघि मंगली, मेरी आमा, परानै दिन्छु, चानचुन पैसा,भेट हुदा, सयौ कारण, सरला, सितल जुन,तिमीलाई कति माया गर्छु लगायत दर्जनौं गीतहरुलाई पनि दर्शक श्रोताले मन पराइसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय