अछाम बुढानीलकण्ठ सेवा समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

No ads found for this position
No ads found for this position

काठमाडौं- अछाम बुढानीलकण्ठ सेवा समाजकोले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

अछाम समाजले हरितालिका तिजको अवसरमा अछाम बुढानीलकण्ठ सेवा समाजमा आबद्ध सदस्यका परिवारका बिचमा शुभकामना आदानप्रदान सँगै तिज मिलन कार्यक्रम गरेको हो ।

अछाम समाज अभियानमा जोडिएका सदस्यका परिवारका बिचमा आपसी र पारस्परिक सम्बन्ध बिस्तार गर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको समाजका सदस्य शान्त बहादुर शाहले जानकारी दिए ।

अछाम समाजमा जोडिएका साथीहरूका बिचमा मात्र नभएर परिवारका अन्य सदस्यको बिचमा पनि हरितालिका तिजको माध्यमबाट पारस्परिक सम्बन्ध स्थापना हुने भएकोले कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमका अवसरमा सेवा समाजका सदस्यका बिचमा मात्र नभएर सदस्यका परिवारका बिचमा पनि पारस्परिक सम्बन्ध स्थापना गर्न यस्ता कार्यक्रमको आयोजना गर्नु पर्नेमा जोड दिए ।

विशेष गरेर परिवार, व्यवसाय र समाजसेवालाई जोड दिने भएकोले समाजमा रहेर गर्ने सामाजिक कार्यसँगै यस्ता कार्यक्रमले परिवारका अन्य सदस्यलाई आफ्नो घरका सदस्य कस्तो कार्यमा जोडिएको रहेछ भन्ने विषयमा जानकारी प्राप्त गर्ने उनले बताए ।

यस्तै तिजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले यसलाई सुख दुख साट्ने पर्वको रूपमा पनि लिने गरेको छ । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दै छ ।

तिजमा गीत–सङ्गीतको विशेष महत्त्व रहन्छ । सांस्कृतिक मान्यता स्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँछन् ।

चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तिजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । बिग्रिएको सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटाबलाई प्रेममा बदल्ने पर्व रूपमा तिजलाई लिने भएकोले हरेक वर्ष अछाम बुढानीलकण्ठ सेवा समाजको तिज मिलन तथा दर खाने कार्यक्रम बनाउने गरेको उनले बताए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *